दामनको एक रिसोर्टबाट अचेत अवस्थामा उद्धार गरिएका ८ भारतीयको मृत्यु

काठमाडौँ, ७ माघ । मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टबाट अचेत अवस्थामा उद्धार गरिएका ८ जना भारतीयको मृत्यु भएको छ । थाहा नगरपालिका- ४ सिमभञ्ज्याङस्थित रिसोर्टबाट अचेत अवस्थामा उद्धार गरी हेलिकप्टरमा ह्याम्स हस्पिटल ल्याउँदा ल्याउँदै उनीहरुको मृत्यु भएको हो ।

ह्याम्स अस्पतालका मार्केटिङ एक्जीक्युटिभ रोशन अधिकारीले उद्धार गरी ल्याइएका सबैको मृत्यु भएको बताए । ‘यहाँ ल्याईपुरयाउँदा सबैको मृत्यु भईसकेको थियो । पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने प्रक्रियामा लागेका छौँ,’ उनले भने ।

नाइटस्टेका लागि हिजो बेलुका रिसोर्ट पुगेका १५ जनाको टिममा ८ जना एउटै कोठमा सुतेको बताइएको छ ।

उनीहरुले ग्यास हिटर बालेर सुतेको र सो क्रममा कोठामा अक्सिजन कम भई निस्सासिएर ज्यान गएको अनुमान गरिएको छ । प्रहरीले थप छानवीन अघि बढाएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *