प्रदेश नं १ मा स्वास्थ्य हेर्न राज्यमन्त्री पनि थपिए

1.1k
Shares
जसमाया गजमेर

विराटनगर ६ माघ । प्रदेश नं १ मा स्वास्थ्य हेर्न राज्यमन्त्री थपिएका छन् । मुख्य मन्त्री शेरधन राईले आइतबार मन्त्रिपरिषद विस्तार गर्दै चार वटा मन्त्रालयमा राज्यमन्त्री थप्दा सामाजिक विकास मन्त्रालयमा समेत राज्यमन्त्री थपेका हुन् ।

उनले झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री बनाएका हुन् ।

यस्तै ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, इलामका रामबहादुर रानामगरलाई भूमि व्यवस्था, र मोरङका विजयकुमार विश्वासलार्य कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले उनीहरुलाई आइतबार नै पद तथा गोपनियताको सपथ गराए।

प्रदेश नम्बर १ मा सामाजिक विकास मन्त्रीको जिम्मेवारी भने जीवन घिमिरेले सम्हाल्दै आएका छन् । सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा, भाषा, संस्कृति तथा पुरातत्व संरक्षण र श्रम तथा रोजगार सम्वन्धी कार्यलयहरु हेर्ने गर्दछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *