डा. पुष्पा चौधरीको नाम हटाउन बिर्सियो स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ५ माघ । राजिनामा स्वीकृत भएको एक साता हुन लाग्दा समेत डा पुष्पा चौधरीको नाम र तस्बिर सचिवकै रुपमा स्वास्थ्य स्वास्थ्य मन्त्रालयको वेवसाइटमा रहेको छ ।

डा चौधरीले गत १३ कात्तिकमा पदबाट दिएको राजिनामा गत सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।

त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आईसकेको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताइसकेका छन् । तर मन्त्रालयको वेवसाइटमा भने अहिले पनि डा चौधरीलाई सचिवकै रुपमा राखिएको छ ।

डा चौधरी भने अढाई महिना अघि देखि विश्व स्वास्थ्य संगठन डव्लुएचओको कन्ट्री अफिस भारतमा पी ५ लेभलको जागिरेको रुपमा हाजिर भईसकेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *