डा. पुष्पा चौधरीको नाम हटाउन बिर्सियो स्वास्थ्य मन्त्रालय
काठमाडौँ, ५ माघ । राजिनामा स्वीकृत भएको एक साता हुन लाग्दा समेत डा पुष्पा चौधरीको नाम र तस्बिर सचिवकै रुपमा स्वास्थ्य स्वास्थ्य मन्त्रालयको वेवसाइटमा रहेको छ ।
डा चौधरीले गत १३ कात्तिकमा पदबाट दिएको राजिनामा गत सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।
त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आईसकेको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताइसकेका छन् । तर मन्त्रालयको वेवसाइटमा भने अहिले पनि डा चौधरीलाई सचिवकै रुपमा राखिएको छ ।
डा चौधरी भने अढाई महिना अघि देखि विश्व स्वास्थ्य संगठन डव्लुएचओको कन्ट्री अफिस भारतमा पी ५ लेभलको जागिरेको रुपमा हाजिर भईसकेकी छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



