चिकित्सक संघ निर्वाचन : मतपत्र नपुग्दा जुम्लामा शुरु हुन सकेन मतदान

काठमाडौँ, ४ माघ । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारणी समितिको निर्वाचन उपत्यका बाहिर आज विहान ११ बजेबाट शुरु भएको छ । तर जुम्लामा भने अहिलेसम्म शुरु हुन सकेको छैन । मत पत्र नै नपुगेपछि निर्वाचन शुरु हुन नसकेको जुम्लामा रहेका डा मंगल रावलले बताए ।

केही दिन देखि विग्रिएको मौसमका कारण हवाई उडान स्थगित भएपछि निर्वाचन समितिले जुम्लाका लागि स्थलमार्गबाट मतपेटिका र मतपत्र सहितका निर्वाचन सामग्री पठाएको थियो । ‘तर, निर्वाचन सामग्री बोकेको गाडी अहिलेसम्म पुगेको छैन । गाडी अब १५ २० मिनेटमा आईपुग्छ भनिएको छ,’ डा रावलले भने, ‘त्यसपछि त मतदान शुरु भई हाल्छ ।’

जुम्लामा कुल २४ मत रहेपनि यसपटक भोट दिनेसंख्या १५ १६ कै आसपासमा हुने समेत डा रावलले बताए ।

उपत्यका बाहिरका अन्य ठाँउमा भने विहान ११ बजेबाट मतदान शुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *