‘तीन महिना भित्रै गर्भ खेर जाने समस्या दोहोरिरहन्छ भने त्यो बंशाणुगत हुनसक्छ’

गर्भ खेरजाने समस्यामा वंशाणुगत कारण हुनसक्छ ? आज हामीले नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरसंग आज हामीले यसै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।  प्रस्तुत छ कुराकानीको सारसंक्षेप :

गर्भवती भएपछि बीचमै गर्भ खेर जाने समस्या के कारणले हुन्छ ?
महिला गर्भवती भएपछि बीचमै गर्भ खेर जाने समस्या यसलाई गाँउ घर तिर गर्भ तुहिने समस्या भनेर बुझिन्छ । यस्तो समस्या देखिनुमा विभिन्न कारणहरु हुनसक्छन् । तर पहिलो तीन महिनामा देखिने यस्तो समस्या बंशाणुगत समस्याका कारणले हुनसक्छ ।

गर्भ खेर जाने प्रमुख कारण बंशाणुगत समस्या भन्नुभयो ? लगभग कति प्रतिशत गर्भवतीमा यस्तो समस्या हुन्छ ?
मैले यहाँ निर फेरी प्रष्ट पार्न चाहेँ, गर्भवती भएको पहिलो ३ महिना भित्र दुई वा दुई भन्दा बढी पटक गर्भ खेर गई रहयो भने त्यसको प्रमुख कारण बंशाणुगत रोग हो ।

हामीकहाँ अनुसन्धान त भएको छैन तर बाहिरको अनुसन्धानले पहिलो तीन महिनामा गर्भ खेर जाने कारणमा करीब ७० प्रतिशत बंशाणुगत हो भन्ने देखाएको छ । अनुसन्धानले हरेक सात आठ जना दम्पत्तीमा एक जनालाई यस्तो समस्या हुनसक्छ पनि भनेको छ । हाम्रो देशमा भने अनुसन्धान भएको छैन्, त्यसैले एकीन विवरण हामीले भन्न सक्दैनौँ तर समस्या बढी नै भएको हुनुपर्छ ।

यस्तो समस्याबाट निकास पाउन के गर्ने ?
यस्तो समस्या हुँदा पहिले त व्यक्ति आफै जागरुक हुनुप¥यो । चिकित्सकको सम्पर्कमा पुग्नुपरयो । चिकित्सकले पनि ‘बेसिक टेष्ट’हरु गराउनुपर्छ । यसपछि समस्याको कारण एकीन गर्न सजिलो हुन्छ । र, सहि उपचार हुनसक्छ ।

यस्तो केश दोहोरिनुमा कारण महिलाको मात्रै हुन्छ कि पुरुषको पनि हुन्छ ? अर्थात टेष्ट महिलाको मात्रै हुन्छ कि पुरुषको पनि गर्नुपर्छ ?
यसमा महिलाको कारणले पनि हुनसक्छ । पुरुषको कारणले पनि हुनसक्छ । त्यसैले हामीले एउटा गर्भ खेर गएको महिलाको मटेरियल झिकेर टेष्ट गछौँ र अर्को चाँही जोडीलाई नै टेष्ट गराउँछौँ । यसबाट हामीले गर्भ तुहिने समस्या अर्थात गर्भ खेरजाने समस्याको कारण पत्ता लगाउँछौँ । कारण भेटिसकेपछि त उपचार कसरी गर्ने भन्ने दोस्रो कुरा भयो । यसले केही गरी कृतिम गर्भाधान गर्नु पर्ने हो भने कुन बाटो वा प्रक्रियाबाट गर्ने भन्ने बाटो पनि खोलिदिन्छ ।

शारीरिक रुपमा विकलांङ अर्थात गर्भमै सबलाङ नभएको बच्चा प्राकृतिक रुपमा खेर जाने गर्छ पनि भनिन्छ नि ?
जो बच्चा जन्मेपछि सर्भाईभ गर्न सक्दैन प्राकृतिक नियम नै यस्तो छ कि त्यसले आफै गर्भमै खेरजान्छ पनि भनिन्छ । तर हामीले परीक्षण गरेर सुरुमै यसको कारण पत्ता लगायौँ भने त्यो रोकिन्छ । अर्को कुरा यदि बंशाणुगत रोगको कारणले यो समस्या दोहोरिएको रहेछ भने उपचार हुन्छ र अर्को पटक गर्भ खेर जाने सम्भावना रोक्न सकिन्छ ।

यस्तो समस्या हो भनेर चिन्न केही लक्षणहरु पनि हुन्छ कि ?
हुँदैन ।

 त्यसोभए गर्भवती भएपछि यस्तो समस्याबाट जोगिन परीक्षण गर्नुपर्ने हो ?
गर्भवती भएर होइन कि यदि गर्भ खेर गयो भने चाँही परीक्षण गर्नु पर्‍यो । र, अर्कोकुरा आफू सचेत हुनुपर्‍यो कि गर्भमा रहेको सिन्ड्रोमिक हुन सक्छ कि सक्दैन भनेर पहिले देखि नै हर्मोन तथा अन्य जाँचहरु गर्न सकिन्छ ।

 तीन महिना पछि गर्भ तुहियो भने पनि बंशाणुगत कारण हुनसक्छ या अन्य कारण ?
पहिलो तीन महिनामा धेरै गर्भ खेर जाने भनेको मुख्य कारण बंशाणुगत समस्या नै हो । तीन महिना पछि खेर गएको भने अरु कारण बढी हुन सक्छन् । त्यसैले विहे गरेर आएँका जोडीले बच्चा पाउने योजनामा हो भने त्यस अघि पनि एक पटक हर्मोनहरु परीक्षण गराएको राम्रो । भोली पर्सी मेरो बच्चालाई डाउन हुन सक्छ कि सक्दैन भनेर अगाडी नै चेक गराउन पनि सकिन्छ । गर्भ खेर गएपछि परीक्षण गराउने कुरा त भईहाल्यो ।

यसमा जाँच कस्तो हुन्छ ?
गाईडलाईनले के भन्छ दुई वा दुई भन्दा बढी गर्भ पहिलो तीन महिना भित्र खेर गएको छ भने कम्तीमा श्रीमान श्रीमतीको क्यारियोटाइप परीक्षण गर्नैपर्छ । र थाईरोइडहरुको अरु जाँच त छँदैछ । बंशाणुगत रोगमा एउटा त जो मटेरियल निकालियो त्यसको जाँच गर्नुपर्छ । अर्को श्रीमान र श्रीमतीको जाँच गर्नुपर्छ । कतिपय श्रीमानले श्रीमतीलाई मात्रै परीक्षणका लागि पठाउने गरेको देखेको छु । तर बंशाणुगतको सम्भावना भएको रोगमा श्रीमान् श्रीमती दुबैको जाँच गर्नुपर्छ । दुबैको क्इारोटाईप परीक्षण गर्नैपर्छ ।

गर्भपतन बढी भएको कारण गर्भ खेर जाने (तुहिने) प्रक्रिया बढेको हो कि भन्ने पनि कुरा सुनिन्छ नि यस्तो हो र ?
त्यस्तो होइन ।

यस्तो परीक्षण सेवा कहाँ कहाँबाट पाउन सकिन्छ ?
मैले वीर अस्पताल र महालक्ष्मीस्थानमा रहेको नोभा इन्टरनेशलन डाईग्नोस्टिक सेन्टरबाट यो सेवा दिने गरेको छु ।

नोभा यस खालको परीक्षणका लागि उपयुक्त सेन्टर हो र ?
हजुर,  यो खालको परीक्षणका लागि नोभा उपयुक्त सेन्टर हो । जहाँ बंशाणुगत रोग सम्वन्धी सम्पूर्ण परीक्षण हुन्छ । अर्को कुरा गर्भमा रहेको बच्चालाई डाउनसिन्ड्रोम छ छैन भन्नेखालको हर्मोनहरुको जाँच जसलाई ‘क्वाड टेष्ट ‘भनिन्छ त्यो टेष्ट नोभामा मात्रै हुन्छ । अन्यत्र कहि छैन । रिपोर्ट विश्वसनीय र छिटो पाउन सकिन्छ । पीओसीको टेष्ट पनि हामी यहिँ गर्छौँ ।

तपाईँकहाँ आउने बिरामीले गर्भ खेर जाने कारण बंशाणुगत कारण हुनसक्छ भन्नेमा कत्तिको जानकार रहेको पाउनु हुन्छ ?
एकदमै सही भन्नु भयो, नेपालीहरुले पहिलो तीन महिनामा गर्भ खेर जानुलाई सामान्य रुपमा लिएका छन् । त्यसैले यो कुरा बाहिर ल्याउन जरुरी छ । पहिलो तीन महिनामा २ पटक भन्दा बढी पटक गर्भ खेर गयो भने त्यहाँ बंशाणुगत रोगको असर हो भनेर बुझ्नुपर्छ । श्रीमान र श्रीमतीको क्यारियोटाइप र गर्भ खसिसकेपछि त्यहाँको मटेरियलको टेष्ट गर्नुपर्छ । यो एकदम जरुरी छ ।

गर्भ खेरजान थाल्यो भने तत्काल जाँच गर्नुपर्छ । पहिलो तीनमहिनामा बच्चा खेरजाने समस्या बढी हुन्छ । विहे गर्ने अघि नै टेष्ट गराउँदा नै निकै राम्रो हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘तीन महिना भित्रै गर्भ खेर जाने समस्या दोहोरिरहन्छ भने त्यो बंशाणुगत हुनसक्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *