बिरालो बाँधेर श्राध्द गर्नेलाई चुनौती

नयाँ कार्यसमिति छनौट गर्न नेपालको जेठो ट्रेड युनियनको रुपमा चिनिएको नेपाल चिकित्सक संघको निर्वाचन भोलिबाट शुरु हुँदैछ ।
संस्था हाँक्नका लागि यसपटक पनि प्रगतिशील र लोकतान्त्रिक खेमामा विभाजित चिकित्सकहरु उम्मेद्धारी दिएका छन् । उम्मेद्धारहरु भोटका लागि प्रचार प्रसार सकेर अब निर्वाचनको प्रखाईमा रहेका छन् ।

प्रगतिशील समूहले २००७ साल देखि आजका मितिसम्म एक पटक पनि नेपाल चिकित्सक संघको नेतृत्व लिन सकेको छैन । यसकारण नेपाल चिकित्सक संघको नेतृत्व हत्याउन सधै प्रजातान्त्रिक समूह सफल देखिएको इतिहास हामी सामु छर्लङ्ग छ ।

वर्तमान अवस्थामा हाम्रो मुलुक भित्र २५ हजारको हाराहारिमा दर्तावाला चिकित्सकहरु छन् । तर नेपाल चिकित्सक संघको सदस्यता बन्नेको संख्या भने एक तिहाईमात्र छ । किन धेरै चिकित्सकहरु आफ्नो संगठनमा सदस्य छैनन् ? यो गम्भीर चासोको विषय हो ।

नेपाल चिकित्सक संघमा सदस्य कम हुनुको कारण यस्तो हुन सक्छ :

१. संगठनको महत्व चिकित्सकहरु बीच बुझाउन नसक्नु ।
२. संगठनमा आवद्ध चिकित्सकहरुको हकहितमा संगठनको तर्फबाट दूरगामी प्रभाव पार्ने काम खासै नहुँनु ।
३.संगठनसंग आवद्ध चिकित्सकहरु आपूm अनुकुलको छान्ने प्रवृति र ठोस नीति निर्माण गर्न संस्थापन पक्षको अरुची देखिनु ।
४.आजिवन सदस्य थोेरै हुँदा संस्थापन पक्षलाई गणितीय हिसाब मिलाउन सधैं सजिलो हुनु ।
५. नवचिकित्सकहरु आवद्ध नहुुनु फाराममा राजनीतिक उद्देश्य बढि र पेशागत उद्देश्य कम भएको अनुभुति हुनु ।
६.नेतृत्वमा पुगेका चिकित्सकहरु चिकित्सक संघलाई भ¥याङ्ग बनाएर राजनीतिक लाभ लिन सफल हुनु ( हिजोको इतिहास साक्षी छ ) ।
७. पेशागत हकहितको मुद्धालाई ओझेलमा पार्ने र आफू अनुकुल हुने अवस्थामा मात्रै देखावटी आन्दोलन गरेजस्तो गर्ने हुनाले ।
८. गोयवल्स शैलीको प्रचार गर्ने तर काम फुट्टीभाङ्ग नगर्नु ।
९. आफ्ना निकट विचार धाराका चिकित्सकको कार्य सम्पादन गर्ने तर फरक विचारलाई पन्छाउने र वास्ता नगर्ने प्रवृति ।
१०. पेशाभन्दा दलगत निकटता बढि हँुदा आफ्ना जायज मागहरु ओझलमा पर्नु र ऐकेवद्धता नहुँदा सरकारको सधैको असहयोग ।
११. नयाँ संविधान जारी भएपछि संघीय ढाँचा तथा समावेशी सिद्धान्तका आधारमा आधारमा संगठनको खाका नकोरिनु ।
१२.आर्थिक पारदर्शिता नहुनु र निर्वाचित कमिटिको अधिनायकत्व हुनु ।
१३.निर्वाचन प्रणाली संस्थापन पक्ष अनुकुल र सदस्यता वितरणमा चरम अनियमितता ।

अबको बाटो
साँच्चै नेपाल चिकित्सक संघ सवै चिकित्सकको साझा चौतारी हुनलाई यस संस्थाको मर्यादा र शीर उच्चो राख्न बहुमत चिकित्सकलाई सदस्यता प्रदान गर्न अभिप्रेरित गर्नु पर्दछ ।

चिकित्सक संघको अध्यक्ष विभिन्न सरकारी एवं गैर सरकारी निकायको सदस्य हुने हँुदा नीति निर्माण कार्यमा दह्रो उपस्थिति हुन्छ । यसको अपनत्व सम्पूर्ण चिकित्सकलाई अनुभूति गराउनुपर्दछ ।

चिकित्सा पेशा र इलाज गर्ने विधि संवेदनशील, मर्यादित र इज्जतिलो पेशा हो । यसको मर्यादामा आँच आउन नदिन समाज र यो पेशा बीचको सम्बन्ध अन्योन्याश्रित बनाउन पहल गर्नुपर्ने देखिन्छ ।

सरकारी तथा गैर सरकारी निकायमा कार्यरत चिकित्सकलाई सेवा, सुविधा सुरक्षाको निश्चितता गर्नुपर्दछ । सरकारी निकायमा विद्यमान जनशक्तिलाई समय सापेक्ष जनशक्ति वृध्दि गर्न, तालिमको व्यवस्था गर्न र उच्च शिक्षाको सजिलो बाटो निर्धारण गर्नु आजको आवश्यकता हो ।

देशमा विद्यमान समस्या जस्तै स्वास्थ्य संस्था प्रति र स्वास्थ्यकर्मी माथिको भौतिक आक्रमण रोक्न र कानून बमोजिम यी विषयहरुको व्यवस्थापन गर्न अव आउने नेतृत्वले जिम्मेवारी पूर्वक कार्य सम्पादन गर्नुपर्ने देखिन्छ ।

सुगम र दुर्गममा कार्यरत चिकित्सकको समस्याहरु पहिचान गरी अगाडी बढनुको विकल्प अव छैन ।

किन नयाँ नेतृत्वको आवश्यकता ?
परम्परागत सोच, जडसुत्रवादी चिन्तन र सामन्तवादी चरित्र बोकेका सदियौं देखि विरासत कायम राख्न सफल पूरानो नेतृत्व असफल भैसकेको छ । तसर्थ नयाँ सोच बोकेका, परिवर्तनका संवाहक र सम्पूर्ण चिकित्सकको आवाज बुलन्द पार्न सक्ने समाज र चिकित्सकको दूरीलाई घटाउन र जिम्मेवार बनाउन सक्ने परिवर्तनका वाहकलाई नयाँ नेतृत्वमा ल्याउनु पर्दछ ।

चिकित्सकहरुको पेशागत सुरक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय चिकित्सा क्षेत्रमा यसको पहुँच साथै समाजवाद उन्मुख चिकित्सा पेशा आजको आवश्यकता हो । ब्रेन डे«न हुने आजको चिकित्सा शिक्षाको अन्त्य र समाजवादी, समावेशी र लोककल्याणकारी स्वास्थ्य नीति अवलम्वन गर्न ”समृध्द नेपाल सुखी नेपाली“ भन्ने नारालाई साँच्चै प्रतिपादन गर्न नयाँ नेतृत्व चिकित्सक संघमा आवश्यक छ ।

तसर्थ आगामी २०७६ – ७९ कार्यकालको आमूल परिवर्तनको संवाहकको रुपमा नयाँ नेतृत्व स्वीकार गर्न आम चिकित्सकहरु कटिवध्द भएमात्र चिकित्सा क्षेत्रमा सुधार देखिएला नत्र जुन जोगी आएपनि कानै चिरे को भने झै हुने स्थिति अवश्यभांवी छ । सवै चिकित्सक र चिकित्सा क्षेत्रलाई चेतना भया ।

# डा. ढकाल राष्ट्रिय चिकित्सक संघ, नेपाल केन्द्रीय समितिका महासचिव हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *