२० करोड काण्ड : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीद्धारा प्रसाईँविरुद्ध मुद्धा दायर

काठमाडौँ, २९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाउने प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गाँ प्रसाई विरुद्ध मुद्धा दर्ता गरेका छन् । डा. गिरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा प्रसाईँ विरुद्ध गाली बेईजेती र मानहानीको मुद्धा दर्ता गरेका हुन् ।

‘हुँदै नभएको कुरालाई कपोलकल्पित तरिकाले कथा बनाएर मेरो प्रतिष्ठामाथि आघात पुग्ने गरी गम्भीर आरोप लगाईयो । यसैले मैले प्रसाईँविरुद्ध गालि बेईजेती र मानहानीको मुद्धा दायर गरेको छु । मुद्धामा मैले हदैसम्मको कारवाही र हदैसम्मको क्षतिपूर्तिको माग गरेको छु,’ डा. गिरीले भने ।

‘गत १५ मंसिरका दिन चिकित्सा शिक्षा आयोगमा सम्वन्धनका लागि निवेदन लिएर जाँदा डा गिरीले बेलुका भेटौँ भनेर बत्तिसपुतलीस्थित होटल द्धारिकामा भेट गरेको र सो क्रममा डा गिरीले २० करोड रुपैयाँ वा आफ्ना सम्धीका नाममा बी एण्ड सी मेडिकल कलेजको १० प्रतिशत शेयर मागेको नामसारी गर्नु,’ भनेको भन्दै प्रसाईँले गत साता पत्रकार सम्मेलन गरेका थिए ।

प्रसाईँले पत्रकार सम्मेलन गरेकै दिन डा गिरीले पनि पत्रकार सम्मेलन गरी आरोप झुटा भएको र त्यस विरुद्ध आफूले कानूनी उपचार खोज्ने बताएका थिए ।

यता प्रसाईँले डा गिरीले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *