स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून मन्त्रालयको पनि जिम्मा

काठमाडौँ, २५ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नु पर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानून मन्त्रालयको जिम्मेवारी ढकालले सम्हाल्ने गरी तोकेकी छन् ।

यसअघि कानून मन्त्री नै रहेका ढकाललाई प्रधानमन्त्री ओलीले दुई महिना अघि स्वास्थ्यमा सरुवा गरेका थिए । त्यसबेला स्वास्थ्य समेत सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानूनमा लगिएको थियो । तर तीन साता अघि यादव सरकारबाट बाहिरिएपछि सो मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।

राष्ट्रपतिले आजै शहरी विकास मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हेर्ने गरी तोकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *