औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

काठमाडौँ, २२ पुस । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन नारायण ढकाललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई दिइएको हो ।

कर्मचारी समायोजन अघि विभागको महानिर्देशक रहेका एघारौँ तहका ढकाललाई त्यसपछिको पदस्थापनमा राष्ट्रिय औषधि प्रयोगशाला प्रमुखको जिम्मेवारी दिइएको थियो । त्यसविरुद्ध ढकाल सर्बोच्च अदालतमा गएका थिए ।

सर्बोच्चले ढकालको पक्षमा आदेश दिएपछि मन्त्रालय निर्णय सच्याउँदै महानिर्देशकको रुपमा पुन वहाली त गरायो तर लगत्तै काजमा मन्त्रालय तानेको थियो । विभागमा दशौँ तहका पानबहादुर क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिएको थियो ।

‘आज निर्णय भएको छ । भोलि पत्र पाउनु हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

यसअघि मन्त्री ढकालले मन्त्रालय र विभागका कतिपय ठाँउमा दिइएका जिम्मेवारी नमिलेको पाइएकोले त्यसलाई सच्याउने क्रममा आफू रहेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *