प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोशिएसन गठन

काठमाडौँ, २२ पुस ।  प्राकृतिक चिकित्सा तथा योग अस्पताल एसोशिएसन नेपाल गठन भएको छ । गत शनिबार बसेको प्राकृतिक चिकित्सा तथा योग अस्पताल सञ्चालकहको भेलाले एसोसिएशनको तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको अध्यक्षमा अकु सुदर्शन बस्नेत, बरिष्ठ उपाध्यक्षमा डा. जनकबहादुर बस्नेत र उपाध्यक्ष त्रयमा डा. दिपा पाण्डे, डा. रविनलाल श्रेष्ठ र हरि सापकोटा चयन भएका छन् ।

यस्तै एसोशिएसनको महासचिव पददमा रुपेश अधिकारी र कोषाध्यक्षमा डा. आनन्द गैरे चयन भएका छन् । एसोसिएशनको सदस्यहरुमा डा. ऋषिराज बराकोटी ( क्षितिज), डा. आयुषा अधिकारी, नमिता न्यौपाने, ध्रुब घिमिरे, सरस्वती पन्थी भुसाल र शिव अधिकारी चयन भएका छन् ।

नयाँ संस्थाबारे जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा एसोशिएसनका अध्यक्ष बस्नेतले छरिएर रहेका प्राकृतिक चिकित्सा तथा योग अस्पतालहरुबीच पेशागत विकासका लागि एकतावद्ध हुनु आवश्यक महशुस गरि नयाँ संस्था गठन भएको बताए । उनले प्राकृतिक चिकित्सा क्षेत्रलाई वैज्ञानिक ढंगबाट विकास गर्दै त्यसअन्तर्गत कार्यरत रहेका अस्पताल, स्वास्थ्य संस्था तथा व्यवसायीको संरक्षण तथा सम्वर्धन गर्ने एसोशिएसनको मुख्य उद्देश्य रहेको बताए ।

त्यसो त एसोशिएसनले प्राकृतिक चिकित्सा क्षेत्रअन्तर्गत रहेका कमीकमजोरी र अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा यस क्षेत्रलाई हेर्ने छुट्टै निकाय गठन माग गर्ने जनाएको छ । यस्तै प्राकृतिक चिकित्सा तथा योग क्षेत्रको निम्ति स्पष्ट कानुन, निति–नियम, निर्देशिका तथा कार्यक्रमहरु बनाई यस क्षेत्रलाई व्यवसायिक र मर्यादित पहल गर्ने समेत जनाएको छ ।

एसोशिएसनले देशभर निजी, गैर सरकारी र सामुदायिक गरी ५० भन्दा बढी स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको अनुमान गरेको छ । ती संस्थाहरुले बार्षिक रुपमा २ लाखभन्दा बढि ब्यक्तिहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

संस्थाका महासचिव रुपेश अधिकारीले संस्थाको औचित्य र आवश्यकताबारे जानकारी दिन देशव्यापी दौडाहामा लाग्ने र छुटेका अस्पतालहरुलाई एसोशिएसनमा गोलवद्ध गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *