स्वास्थ्य सचिव डा.चौधरी डव्लुएचओ भारतमा दुई महिना अघि नै हाजिर

काठमाडौँ, २१ पुस । ‘राजिनामा दिएपछि कर्मचारीको रुपमा हाजिर हुन् मिल्दैन, तर स्वीकृत नहुँदासम्म वहालवाला कर्मचारी होइन भन्न पनि मिल्दैन्,’  स्वास्थ्य सचिव डा पुष्पा चौधरी र स्वास्थ्य मन्त्रालयको सम्वन्ध यतिवेला ठिक यहि अवस्थामा पुगेको छ ।

‘एक पटक राजिनामा दिनुभयो, स्वीकृत भएन तर फेरी राजिनामा स्वीकृतिका लागि निवेदन दिनुभएको छ । यो अवस्थामा उहाँले आएर फेरी हाजिर गर्न मिल्ने अवस्था छैन् । तर स्वीकृत नहुँदासम्म कर्मचारी नै होइन भन्ने अवस्था पनि छैन् । मन्त्रालयमा सचिवको नेमप्लेट राखिएकै छ । वेवसाइटमा पनि सचिवकै रुपमा राखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

यता मन्त्रालयमा सचिवकै रुपमा नेमप्लेट भएपनि डा चौधरीले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को कन्ट्रि अफिस भारतमा पी ५ लेभलको जागिर शुरु गरिसकेकी छन् । उनले २ महिना अघि ३ नोभेम्बर देखि नै डव्लुएचओको जागिर शुरु गरेकी हुन् ।

सो कुरा उनले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल समक्ष बताइसकेकी छन् । ‘उता हाजिर भएको मैले थाह पाएको छु । त्यसैले राजिनामा स्वीकृत गरिदिउ भनेको हो तर मन्त्रिपरिषद बैठकले गर्ने कुरा भयो । हाम्रो हातको कुरा भएन,’ मन्त्री ढकालले भने ।

गत वर्ष मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दा त्यस विरुद्ध सर्बोच्च अदालत गएपछि सचिव चौधरी र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबीच दुरी बढेको हो ।

यसबीचमा चौधरीले थाह नदिई डव्लुएचओमा दरखास्त हालेको र जागिर समेत फाइनल गरेको थाह पाएपछि प्रधानमन्त्री कार्यालय थप आक्रोशित भएको हो । उता जागिर पक्का भएपछि डा चौधरीले मन्त्रिपरिषदको निर्णय विरुद्ध हालेको मुद्धा फिर्ता त लिइन तर त्यताबाट सहज निकास भने निस्कन सकेन ।

‘सरुवा विरुद्ध अदालत जाने कदमकै कारण यो लफला देखिएको हो । नन्त्र पहिले नै राजिनामा स्वीकृत हुन्थ्यो,’ मन्त्रालयका अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *