छात्रबृत्तिमा एमडी गरेपछि सम्पर्क विहीन डा. कोइरालाको तीनपुस्ते सार्वजनिक

काठमाडौँ, २१ पुस । छात्रबृत्तिमा अध्ययन् पुरा गरेपछि एक पक्षीय रुपमा कबुलियतनामा तोडने एक जना चिकित्सकमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्ज क्याम्पसबाट डर्माटोलोजीमा एमडी गरेकी सोनिया कोइरालामाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले सोमबार सरकारी सञ्चारमाध्यम गोरखापत्रमा उनको तीनपुस्ते विवरण सार्वजनिक गर्दै सात दिन भित्र मन्त्रालयको सम्पर्कमा आउन भनेको छ । उसले तोकेको मिति भित्र सम्पर्कमा नआए अध्ययनका क्रममा सरकारले गरेको लगानी असुल गर्ने प्रक्रिया अघि बढाउने बताएको छ ।

डर्माटोलोजीमा अध्ययन पुरा गरेकी कोइरालालाई मन्त्रालयले गत २३ जेठमा सरकारी अस्पताल तोक्दै सेवा गर्न पठाउने निर्णय गरेको थियो । तर उनले त्यसयता न अस्पताल पुगिन न मन्त्रालयको सम्पर्कमा नै ।

सम्पर्कका लागि मन्त्रालयमा दिएको मोवाइल नम्बर समेत नम्बर समेत स्वीचअफ गरेको पाएपछि मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।

यस्तो छ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *