कोशी अस्पतालका मेसु डा. गुणराज लोहनी स्वास्थ्य मन्त्रालयमा सरुवा

डा. गुणराज लोहनी

काठमाडौँ, २० पुस । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. गुणराज लोहनीको सरुवा भएको छ । उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको हो ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा लोहनीलाई मन्त्रालयमा काज सरुवा गरेका हुन् ।

‘अहिले उहाँलाई काजमा सरुवा गरिएको हो । तर उहाँलाई लामो समय यतै रहने व्यवस्था मिलाईदै छ,’ मन्त्री ढकालले भने । उनले डा लोहनीको अहिले नै जिम्मेवारी तोकिई नसकेको समेत बताए । ‘अहिले खाली भएको ठाँउमा राखिन्छ । विस्तारै मिलाईदै गईन्छ ।’

मन्त्रालयले तत्कालका लागि रिक्त रहेको जनसंख्या महाशाखाको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ । डा. लोहनी १२ औं तहमा बढुवा हुने कर्मचारीको सूचीमा समेत छन्।

डा. लोहनीलाई गत भदौमा कोशी अस्पतालमा पठाइएको थियो। त्यस अघि उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *