विर्तामोडमा ३ सय शैय्याको अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालनमा


विर्तामोड, १६ पुस ।  झापाको विर्तामोडमा निर्माण भएको अत्याधुनिक उपकरणसहितको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ बुधबारबाट सञ्चालनमा आएको छ। उक्त अस्पताल ३ सय शैय्याको रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले जानकारी दिए।
करिब १ विगाहा जग्गामा ४ सय करोड रुपैयाँको लागतमा अस्पतालको निर्माण गरिएको हो।

पूर्वमा क्यान्सरको उपचार हुने अस्पताल यो नै पहिलो अस्पताल हो । ‘क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको छ’ क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले भने, ‘यो प्रविधि नेपालमै पहिलो हो, यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता अब हट्नेछ।’

ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षका पदम मिश्रलाई नि: शुल्क रेडियसन दिएर अस्पतालमा उपचार सेवा सुभारम्भ गरिएको हो।

क्यान्सरपीडितले उपचारका लागि भारतको दिल्लीसम्म पुग्नुपरेको र धेरै खर्च लाग्ने भएकाले सहज सेवा दिन नेपालको पूर्वी क्षेत्रमा अस्पताल खोलेको कार्यकारी निर्देशक दुर्गा  प्रसाईले बताए। ‘म आफैं क्यान्सरको रोगी भएकाले यहीँ उपचार सम्भव छ भन्ने सन्देशसहित अत्याधुनिक उपकरण राखेर अस्पताल खोलेको हुँ, भारतमा जाँदा भारु २० लाख लाग्ने उपचार हामी नेपालमा नेपाली १० लाखमानै दिन सक्छौँ’, उनले उदाहरण दिँदै भने, ‘अब क्यानसर लागेर नेपालमा कोही मर्नुपर्दैन, यसको अभियान नयाँ वर्षबाट हामीले गरेका हौँ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *