डा. आशा सिंह एआईजीमा बढुवा सिफारिस, प्रहरी अस्पतालको प्रमुख हुने निश्चित

काठमाडौँ, १४ पुस । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको प्राविधिक समूह स्वास्थ्य उपसमूहमा तर्फ रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा .आशा सिंहलाई बढुवा गर्न सिफारिस गरेको छ ।

एआईजीमा सिफारिस भएसंगै अब प्रहरी अस्पतालको नेतृत्वमा डा सिंहले सम्हाल्ने निश्चित जस्तै भएको छ ।

गृहसचिब प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिले बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सिंहलाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिसविरुद्ध उजुरी दिने म्याद सकिएपछि मन्त्रिपरिषद् बैठकले डा. सिंहलाई एआईजी बढुवा गर्नेछ । त्यस लगत्तै उनले प्रहरी अस्पतालको नेतृत्व सम्हाल्ने छिन् ।

यसअघि तीस बर्षे उमेर हदका कारण गत ४ पुसमा एआईजी डा दुर्गा थापाले अवकाश पाएकी थिइन । रिक्त एआईजी पदमा डा सिंह सहित डा मिनराज पाठक र डा सुमनराजा श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *