बन्द कोठा भित्र मृत अवस्थामा नर्स

कैलाली, १३ पुस । धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले आज जानकारी दिए ।

प्रहरीका अनुसारबन्द कोठा भित्र सुतेकै अवस्थामा उनको शव भेटिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *