बेनी अस्पतालमा विद्युतीय टोकन प्रणाली शुरु, बिरामीलाई सहज

116
Shares

म्याग्दी, १२ पुस । बेनी अस्पतालमा आजदेखि बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ ।

लाइनमा बस्नुपर्ने झण्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन सो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “आफ्नो पालोमा टिकट लिएर चिकित्सकसम्म पुगी उपचार गराउन यसले सजिलो बनाएको छ”, उनले भने । लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यले उपचारका लागिसमेत सहज भएको ६० वर्षीय यामबहादुर पुनले बताए ।

यो प्रणालीको शुरुआतबाट विगतमा लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने र इमरजेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अमृत अधिकारीले बताए ।

अस्पतालले निकट भविश्यमै मिर्गौला रोगीका लागि डायलासिस सेवा शरु गर्ने तयारी गरेको पनि उनले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *