अत्यावश्यक औषधिको सूची परिमार्जन गरिदै, ४४ वटा थप्ने र ११ वटा हटाउने प्रस्ताव

काठमाडौँ, ११ पुस । अत्यावश्यक औषधिको सूची परिमार्जन गर्ने तयारी भएको छ । औषधि व्यवस्था विभागले विज्ञसंगको परामर्श पछि अत्यावश्यक औषधिको सूची परिमार्जन गर्ने तयारी गरेको हो ।

सन् २०१६मा जारी भएको अत्यावश्यक औषधिको सूची ३५९ थियो । यसपटक त्यसलाई बढाएर ३९२ पु¥याउने तयारी गरिदैछ । नयाँ सूचीमा ४४ वटा नयाँ औषधि थप्ने र ११ वटा हटाउने प्रस्ताव गरिएको छ ।

‘अन्तिम निर्णय होईन, विज्ञसमितिले दिएको सूझाव हो । त्यसको थप अध्ययन गरेपछि अन्तिम ड्राफ्ट स्वीकतिका लागि मन्त्रालयमा लगिन्छ र त्यहाँबाट स्वीकृत भएपछि मात्रै नयाँ सूची सार्वजनिक हुन्छ,’ औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पान बहादुर क्षेत्रीले भने ।

नयाँ सूची तयार गर्ने विज्ञ समूहका प्रमुख क्लिनिकल फर्माकोलोजिष्ट डा प्रदीप ज्ञवालीले विभिन्न विधाका विज्ञ चिकित्सकसंगको परामर्श पछि नयाँ सूचीको मस्यौदा तयार गरेको बताए । उनले नयाँ सूची तयार गर्दा अधिकांशलाई देखिने रोग, सर्भसुलभ र गुणस्तरीयतालाई ध्यान दिएर बनाइएको बताए ।

यसैबीच औषधि व्यवस्था विभागको आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा शुक्रबार अत्यावश्यक औषधि परिमार्जन गर्ने विज्ञ सम्मिलिन परामर्श बैठक बस्यो । उक्त बैठकमा विभिन्न १७ विधाका ४४ जना चिकित्सक तथा औषधिविज्ञहरुरको सहभागीता थियो ।

बैठकले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार औषधिको नयाँ सूची संसोधन गर्न सुझाव दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “अत्यावश्यक औषधिको सूची परिमार्जन गरिदै, ४४ वटा थप्ने र ११ वटा हटाउने प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *