कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर पदमा डा. निरेश थापा नियुक्त

212
Shares

काठमाडौँ, १० पुस ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा डा निरेश थापा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा थापालाई रेक्टर पदमा नियुक्त गरेका हुन् ।

यसअघि उपकुलपति प्राडा वाग्लेले गत ३० मंसिरमा शिक्षाध्यक्ष पदको नियुक्तिका लागि डा थापा सहित तीन जनाको नाम सिफारिस गरेका थिए। डा थापा पहिलो नम्बरमा सिफारिसमा परेका थिए। दोस्रोमा प्राडा भरतमणि पोखरेल र तेस्रोमा प्राडा बद्री बडु सिफारिस भएका थिए।

रेक्टरमा नियुक्त भएका थापा विसं २०७१/०७२ सालदेखि प्रतिष्ठानमा कार्यरत छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *