प्रहरी अस्पताल प्रमुख डा. दुर्गा थापाको अवकाश, निमित्तको जिम्मेवारी डा. पाठकलाई

  • काठमाडौँ, ५ पुस । नेपाल प्रहरी अस्पतालको मेडिकल डाईरेक्टर (एआईजी ) पद आजदेखी रिक्त भएको छ । अस्पतालकी प्रमुख एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण शुक्रबाबाट अवकाश पाएपछि मेडिकल डाइरेक्टर पद रिक्त भएको हो । यद्धपी निमित्त निर्देशकको जिम्मेवारी बरिष्ठताको आधारमा डीआईजी डा मीनराज पाठकले पाएका छन् ।

प्रहरी अस्पतालमा मेडिकल डाइरेक्टर बन्न एआईजीमा बढुवा हुनुपर्छ । प्रहरी अस्पतालमा अहिले तीन जना डीआईजी छन् ।

डा पाठकसंगै बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा आशा सिंह र बरिष्ठ हाडजोर्नीरोग विशेषज्ञ डा सुमनराजा श्रेष्ठ पनि डिआईजी पदमै कार्यरत छन् । यस हिसावले एआईजी पदमा उनीहरुको पनि सम्भावना हटिसकेको छैन ।

यद्धपी अहिलेसम्म बरिष्ठताको आधारमा र निमित्तलाई नै पछि पूर्ण निर्देशकको जिम्मेवारी दिने चलनले पाठकको सम्भावना बलियो भएको जानकारहरु बताउँछन् । एआईजीमा बढुवाको निर्णय मन्त्रिपरिषदबाट हुने हो ।

नेपाल प्रहरीमा सेवा अवधी र उमेर हदमा जे अघि आउँछ त्यसैको आधारमा अवकाश हुने चलन छ । तर पाठक यदि प्रमुख भए भने उनले पूर्ण कार्यकाल नेतृत्व लिन पाउने देखिन्छ ।

‘सेवाको हिसावले २४ बर्ष भयो ३० पुग्न ६ बर्ष बाँकी नै छ । उमेरको हदले ५८ बर्ष हो उनी  अहिले ५४ बर्ष भए त्यस हिसावले ४ बर्ष बाँकी नै छ,’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *