लोकतान्त्रिक समूह भन्छ, ‘हामी हरेक हिसावले पूर्ण छौँ त्यसकारण जित्छौँ’

काठमाडौँ, ४ पुस । आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि उम्मेद्धारी दिएको लोकतान्त्रिक समूहले नतिजा आफ्नो पक्षमा हुने दावी गरेको छ । उसले आम चिकित्सकको मुद्धामा आफ्नो प्यानलबाट उठेका उम्मेद्धारहरु बढी जानकार र क्रियाशिल भएका कारण भोट आफ्नो पक्षमा आउने र निर्वाचन आफ्नो पक्षमा हुने दावी गरेको हो ।

आफ्नो प्यानलको घोषणा पत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेद्धार डा लोचन कार्कीले चिकित्सकबृत्त माझ पाँचवटा प्रतिवद्धाका साथ भोट मागिएको बताए । ‘चिकित्सकहरुको पेशागत सुरक्षा र बृत्तिविकास, गुणस्तरीय चिकित्सा शिक्ष्ाँ र स्वास्थ्य सेवा, राष्ट्रिय नीति योजना निर्माणमा योगदान र अन्तराष्ट्रिय सम्वन्ध, सरकारी निजी साझेदारीको विषय र संघको संस्थागत विकास र सांगठनिक पुन संरचना गरी हाम्रा पाँच प्रतिवद्धता छन्,’ अध्यक्षका उम्मेद्धार डा. कार्कीले भने ।

उनले संगठन चलाउन समूह चाहिने र त्यसमा १३ जनाको कार्यसमितिमा आफ्नो प्यानल पूर्ण उम्मेद्धारी परेको, आफूहरुसंग संघमा रहेर काम गरेका अनुभवी, केही पुराना र केही नयाँ अनुहारका उम्मेद्धार रहेको, र जितेर आउनासाथ बाँकी काम तत्काल गर्न सक्ने क्षमता भएको कारणले पनि आफूहरुलाई चिकित्सकबाट भोट बढी आउने बताए ।

त्यसअघि चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले आफ्नो कार्यकालमा भएका मुख्य मुख्य कामका फेहरिस्त प्रस्तुत गरेका थिए । सो क्रममा उनले अघिल्लो चुनावमा गरेका प्रतिवद्धता अनुसार ८० प्रतिशत काम पुरा गरेको र बाँकी २० प्रतिशत डा कार्कीको नेतृत्वमा उठेको नयाँ टिमले गर्ने विश्वास व्यक्त गरे ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस निकटको चिकित्सकहरुको लोकतान्त्रिक समूह र नेकपा निकट चिकित्सकहरुको प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा केही चिकित्सकहरुले स्वतन्त्र रुपमा समेत उम्मेद्धारी दिएका छन् ।

यस्तो छ लोकतान्त्रिक समूहको टिम

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *