चिकित्सक संघको निर्वाचन : एक जना सदस्यको उम्मेद्धारी फिर्ता

1.5k
Shares

काठमाडौँ, ३० मंसिर । नेपाल चिकित्सक संघको आगामी माघ महिनामा हुने केन्द्रीय कार्यकारिणी समिति निर्वाचनका लागि उम्मेद्धारी दिएका एक जना सदस्यले फिर्ता लिएका छन् ।

लोकतान्त्रिक समूहबाट सदस्यमा उम्मेद्धारी दिएका मनोरदिन सैयदले उम्मेद्धारी फिर्ता लिएका हुन् । उनले फिर्ता लिएसंगै अब कुल उम्मेद्धारको संख्या ३० मा झरेको निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहले सात पदाधिकारी र छ जना सदस्य सहित १३ जना कार्यसमितिमा उठाएको छ । तर नेकपा निकट प्रगतिशील प्यानलबाट पुरा उम्मेद्धार देखिएको छैन ।

केही उम्मेद्धारहरुले स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् । यसपटक महासचिव पदमा ४ जनाको उम्मेद्धारी र सदस्य पदमा १४ जनाको उम्मेद्धार परेको छ । अरु पदमा भने २ २ जनाको उम्मेद्धारी परेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *