चिकित्सक संघको निर्वाचन : एक जना सदस्यको उम्मेद्धारी फिर्ता

काठमाडौँ, ३० मंसिर । नेपाल चिकित्सक संघको आगामी माघ महिनामा हुने केन्द्रीय कार्यकारिणी समिति निर्वाचनका लागि उम्मेद्धारी दिएका एक जना सदस्यले फिर्ता लिएका छन् ।

लोकतान्त्रिक समूहबाट सदस्यमा उम्मेद्धारी दिएका मनोरदिन सैयदले उम्मेद्धारी फिर्ता लिएका हुन् । उनले फिर्ता लिएसंगै अब कुल उम्मेद्धारको संख्या ३० मा झरेको निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहले सात पदाधिकारी र छ जना सदस्य सहित १३ जना कार्यसमितिमा उठाएको छ । तर नेकपा निकट प्रगतिशील प्यानलबाट पुरा उम्मेद्धार देखिएको छैन ।

केही उम्मेद्धारहरुले स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् । यसपटक महासचिव पदमा ४ जनाको उम्मेद्धारी र सदस्य पदमा १४ जनाको उम्मेद्धार परेको छ । अरु पदमा भने २ २ जनाको उम्मेद्धारी परेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *