विपन्न नागरिक औषधि उपचार कोषबाट अस्पताल तथा विरामीलाई ३१ करोड भुक्तानी

252
Shares

काठमाडौँ, २९ मंसिर । विपन्न नागरिक औषधि उपचार कोषले चालु आर्थिक बर्षमा विभिन्न अस्पताल तथा विरामीहरुले उपचार गरेवापत माग दावी गरेको कुल ३० करोड ९९ लाख ६१ हजार ७२९ रुपैया भुक्तानी दिने निर्णय गरेको छ ।

गत १३ मंसिरमा स्वास्थ्य सचिव खगराज अधिकारीको अध्यक्षतामा बसेको विपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले सो रकम भुक्तानी दिने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार १३ मंसिरमा बसेको बैठकले १५ वटा सरकारी अस्पताललाई साउन र भदौ महिनाको भुक्तानी हुन बाँकी भ७ करोड ८० लाख ५९ हजार ८८२ रुपैयाँ, असोज र कात्तिक महिनाको सरकारी तथा गैरसरकारी ५६ वटा अस्पतालहरुलाई २२ करोड ८२ लाख ५३ हजार ४७ रुपैयाँ सोधभर्ना र मिर्गौला प्रत्यारोपण र पूर्व परीक्षणको लागि क्रमश एक लाख र पचास हजारको दरले २५ जनालाई ३६ लाख ४८ हजार ८०० रुपैयाँ भुक्तानी दिने निर्णय गरेको हो ।

विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *