प्रधानमन्त्री ओलीलाई पुन: मनमोहन कार्डियो सेन्टरमा लगियो
काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । १३ औँ साग गेमको समापन समारोहमा केही बेर अघि भिडियो मन्तव्य दिएका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य फलोअपका लागि लगिएको अनुमान गरिएको छ ।
‘भर्खरै अस्पताल आइपुग्नु भएको छ” अस्पताल स्रोतले भन्यो ।
एपेन्डीसाईटिसको शल्यक्रिया पछि १० दिन अस्पतालमा बसेका ओली ६ दिन अघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



