अब करारका चिकित्सक र ल्याव असिस्टेन्टको पदावधी सम्वन्धित अस्पतालले नविकरण गर्न सक्ने

काठमाडौँ, २४ मंसिर ।  करारका चिकित्सक र ल्याव असिस्टेन्टको पदावधी सम्वन्धित अस्पतालले नै नविकरण मिल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय मार्फत करारमा रहेर सेवा दिई रहेका चिकित्सक तथा ल्याव असिस्टेन्टको पदावधि सम्वन्धित अस्पतालले नै नविकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

‘चालु आर्थिक बर्षमा कतिपय चिकित्सक तथा ल्याव असिस्टेन्टहरुको पदावधी नविकरण नै नभएको रहेछ । त्यसले गर्दा तलव सुविधाबाट समेत बन्चित हुनुभएको रहेछ । त्यसैले माननीय मन्त्री ज्यूले सो बाधा फुकाईदिनु भएको छ,’ स्वास्थ्य सचिव खगराज बरालले भने, ‘अब चिकित्सक तथा हेल्थ असिस्टेन्टको नविकरण सम्वन्धीत अस्पतालले नै गर्न सक्नेछन् ।’

दरबन्दी भएर पनि पदपूर्ति हुन नसकेका कतिपय विशेषज्ञ पदहरुमा स्वास्थ्य मन्त्रालयले विगत देखि नै करार सेवामा चिकित्सक तथा ल्याव असिस्टेन्टहरु नियुक्ति गर्दै आएको छ । यसपटक समायोजन र नयाँ संरचनाले ती पदमा कार्यरतहरुको नविकरण हुन सकेको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *