२५ बर्ष मुनिका युवालाई मदिरा सेवनमा प्रतिबन्ध !

जुम्ला, २४ मंसिर । पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको अध्यक्ष बोहोराको भनाइ छ ।

पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको हो ।

यदि कोही कसैले सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने अध्यक्ष बोहोराले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *