पद घटुवा नहुने गरी समायोजन हुन्छ : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौँ, २३ मंसिर ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पद घटुवा नहुने गरी स्वास्थ्यको समायोजन टुंग्याउन लागेको बताएका छन् । उनले केही प्राविधिक र मानवीय त्रुटीका कारण समायोजनको बल्झिएको भन्दै त्यसलाई सुल्झाउने गरी काम अघि बढी रहेको स्पष्ट पारेका छन् ।

सोमबार स्वास्थ्य पत्रकारहरुसंग भएको अनौपचारिक छलफलमा बल्झिएको स्वास्थ्यको समायोजनलाई सुल्झाउने गरी काम अघि बढी रहेको जानकारी दिए ।

‘अब करीब ७ हजार कर्मचारीको समायोजन हुन बाँकी रहेछ । त्यसमध्ये १५ सय देखि २ हजारको संख्या पद तथा पदनाम सम्वन्धी जस्तो देखियो । केही संख्या भौगोलिक हिसावले नमिलेको भेटियो । केही दक्षता भन्दा फरक ठाँउमा पठाएको पनि पाइयो । त्यसलाई मिलाउँने क्रम भएको छ । अब छिटै समायोजन टुंगिन्छ,’ उनले भने ।

बैदेशिक भ्रमण व्यवस्थित हुन्छ
मन्त्री ढकालले स्वास्थ्यमा बैदेशिक भ्रमण विधी भन्दा पनि व्यक्ति केन्द्रीत देखिएको भन्दै त्यसलाई व्यवस्थित गर्ने दावी गरे । ‘यो १५ दिनमा स्वास्थ्यलाई बुझ्दा केही कमजोरी वैदेशिक भ्रमणका लागि सिफारिस हुने पद्धतीमा पनि देखिएको छ । यसलाई व्यवस्थित गर्छु,’ उनले भने ।

एक प्रशंगमा उनले आफू अनियमितता पनि नगर्ने र अरुलाई गर्न पनि नदिने ठोकुवा गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “पद घटुवा नहुने गरी समायोजन हुन्छ : स्वास्थ्य मन्त्री ढकाल

  1. पद घटुवा नगरेर दर्बन्दी संगरचना बनाउनु पर्यो मन्त्री ज्यु।

  2. मनोचिकित्सबिद(Clinical Psychologist )को लागि दरबन्दी नै सिर्जना भएका छैनन्,यस्तो सम्बेधनसिल विषयमा कसैको ध्यान गएको छैन, हजुरको ध्यानकेन्द्रित गराउन चाहन्छु मन्त्री ज्यु।

  3. Every country has governmental seat for clinical psychologists. Clinical psychologist can work mainly in hospital setting. But they can also work in community setting, school setting, rehabilatation setting. म मन्त्रि ज्यू लाइ चिकित्सा मनोविदको (clinical psychologists) पद सृजना गरी उनीहरुलाइ उचित व्यबस्थाप गर्न र पहल गर्न र गराइदिनुहुन अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *