स्वास्थ्यचौकीमा लगेर बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

काठमाडौँ, २१ मंसिर । महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा रौतहटमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षे स्वास्थ्यकर्मी सुधिरकुमार सिंह पक्राउ परेका हुन् । उनीमाथि महिलामाथि बलात्कार र यातना दिएको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बलात्कार आरोप लागेका सिंहलाई शुक्रबार नै नियन्त्रणमा लिएको बताए । उनले आइतबार जिल्ला अदालतमा मुद्धा दायर गर्ने र म्याद थप गरी अनुसन्धान थप अघि बढाउने बताए ।

घटना गत १८ मंसिरको हो । चितवनकी ३० बर्षीया महिला गत १७ मंसिरमा रौतहट पुगेकी थिइन । भोलि पल्ट चितवन फर्किन भन्दै सडकमा गाडी पर्खेर बसेकी ती महिलालाई मोटरसाइकलमा आएका सिंहले आफू चन्द्रनिगाहपुर हिडेको भन्दै त्यहाँबाट गाडी चडाइदिने भन्दै फकाएका थिए । सिंहको कुरा ती महिलाले पत्याइन र मोटरसाइकल चडिन तर सिंहले करिब १५ किलोमिटर टाढा आफू कार्यरत स्वास्थ्य संस्थामा ती महिलालाई पुर्‍याएर बलात्कार गरे ।

‘ती महिलालाई स्वास्थ्य संस्थाभित्र रातभर थुनेर बलात्कार र यातना दिएको भन्ने उजुरी छ,’ प्रहरी निरीक्षक कार्कीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *