त्रिवि आईओएम भन्छ – ‘प्रश्नपत्र आउट भएको छैन, परीक्षा पनि रोकिदैन्’

काठमाडौँ, २० मंसिर । आन्दोलनरत मेडिकल विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले विहीबारबाट शुरु गरेको एमबीबीएस प्रथम बर्षको प्रश्नपत्र आउट भएको भन्दै स्थगित गर्न माग गरेका छन् । तर आईओएमले भने प्रश्न पत्र आउट नभएको दावी गरेको छ । उसले विद्यार्थीले भन्दैमा पूर्व निर्धारित परीक्षा अव नरोकिने पनि स्पष्ट पारेको छ ।

आईओएमका परीक्षा हेर्ने सहायक डीन प्राडा राजेन्द्र गुरागाँईले प्रश्नपत्र लिक भएको भन्ने मिडियाले चलाएको हल्ला भएको बताए । ‘गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र बाहिरिएको भन्ने जो समाचार आयो त्यसमा सत्यता छैन । कलेज सञ्चालक र प्रिन्सिपलका छोराछोरीले मात्रै परीक्षा दिएको पनि होइन । अरु धेरैले परीक्षा दिएका छन् । परीक्षा फारम भरेकै एक विद्यार्थीले परीक्षा हलमा पुगेर प्रश्नपत्र च्यातेका रहेछन् । तिनलाई तत्काल नियन्त्रणमा लिइएको छ । त्यसैले प्रश्न पत्र आउट भएको छैन,’ उनले भने ।

यद्धपी विद्यार्थीहरुले परीक्षा शुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिएको भन्दै तस्बिर सहित समाचार आएको थियो ।

प्राडा गुरागाँईले आन्दोलनरत विद्यार्थीको लागि आईओएमले यसअघि नै परीक्षा फारम भर्ने समय थपेको भन्दै अब परीक्षाको कार्यक्रम स्थगित नहुने बताए । ‘जसले परीक्षा फारम भरेनन् वा फारम भरेर पनि परीक्षामा सहभागी भएनन् । उनीहरुले छ महिना पछि पुरक परीक्षा दिन सक्नेछन् ,’उनले भने ।

हेर्नुहोस उनीसंग गरिएको कुराकानी :

हिजो देखि शुरु भएको एमबीबीएस परीक्षाको प्रश्नपत्र आउट भयो तर आईओएमले केही निर्णय लिए जस्तो लागेन, किन ?
कसले भन्यो प्रश्न पत्र आउट भयो भनेर ? आउट भएको छैन । परीक्षा दिन गएका एक जना विद्यार्थीले प्रश्न पत्र पाउनासाथ च्यातेका रहेछन् । तिनलाई तत्काल नियन्त्रणमा लिइयो । अन्यको परीक्षा यथावत रुपमा चल्यो ।

तर परीक्षामा त कलेजका सञ्चालक र प्रिन्सिपलका आफन्त गरी ५ -६ जना मात्रै सहभागी भए भन्ने कुरा छ नि ?
त्यसमा पनि सत्यता छैन । अरु धेरै परीक्षार्थीहरु सहभागी छन् । अर्को कुरा फारम भरेपछि परीक्षामा सहभागी हुन पाइन्छ । भएनन् भने त उनीहरुको कुरा भयो ।

तर अहिले धेरै विद्यार्थीले परीक्षा बहिस्कार गरेर आन्दोलन गरेका छन् ? उनीहरुका लागि आईओएमले विशेष निर्णय गर्न सक्छ कि ?
के विशेष निर्णय गर्ने ? हामीले यसअघि फारम भर्न छुटेको छ धेरैको भनेर समय थप गरेका हौँ । अब परीक्षा पनि दिदैनन् भने त के गर्न सकिन्छ र ? अब केही हुँदैन । जो परीक्षामा सहभागी छन् ठिक छ । छैनन् छ महिना पछि पुरक दिन सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *