बालुवाटार फर्किनु अघि उपचार गर्ने टिमसंग प्रधानमन्त्रीको ‘ग्रुप फोटो’

1.7k
Shares

काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमबाट बाहिरिनु अघि उपचारमा सहभागी चिकित्सक तथा नर्ससंग तस्बीर खिचाएका छन् ।

उपचार संयोजक समेत रहेका प्राडा अरुण सायमीले सार्वजनिक गरेको सो तस्बिरमा उनीसंगै प्रधानमन्त्री ओली, प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य,  निजी चिकित्सक प्राडा दिव्यासिंह शाह, प्राडा उत्तमकृष्ण श्रेष्ठ, प्राडा भगवान कोइराला, डा रमेश सिंह भण्डारी लगायतको टोली देखिन्छ ।

एपेन्डिसाईटिसको उपचार गर्न गत १० मंसिरमा मनमोहन सेन्टर पुगेका प्रधानमन्त्री १० दिन पछि आज बालुवाटार फर्केका छन् । उनको उपचारमा अढाई लाख बढी खर्च भएको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *