अख्तियारद्धारा पाल्पाकी नर्स पौडेल विरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ, १८ मंसिर । नक्कली विल भरपाई पेश गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पव्लिक हेल्थ नर्स कल्पना पौडेल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा पव्लिक हेल्थ नर्सिङ छैटौँ तहमा कार्यरत पौडेलमाथि अख्तियारले परिवार नियोजनको शिविर सञ्चालन गर्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

‘भ्रष्टाचार गरेको आरोपपछि अनुसन्धान हुँदा पौडेलले परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी रू ८१,००० को फर्जि भरपाई संलग्न गरी सरकारी रकम हिनामिना गरेको पाइयो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

अख्तियारले उनी विरुद्ध सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको ८१ हजार विगो कायम गरी मुद्धा दायर गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *