चिकित्सक संघको निर्वाचन : दोब्बर बढे मतदाता
काठमाडौँ, १८ मंसिर । नेपाल चिकित्सक संघको सदस्यता संख्या १० हजार ६८५ पुगेको छ । यो संख्या चार बर्ष अघिको तुलनामा दोब्बर हो ।
आगामी माघमा संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६ -०७९ कार्यकालका लागि ) निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि सदस्य मात्रै मतदाता बन्ने प्रावधान छ ।
‘चार बर्ष अघिको निर्वाचनमा सदस्यता संख्या ५ हजार ३०३ थियो । यसपटक १० हजार ६८५ पुग्यो । त्यसैले मतदाता संख्या त दोब्बर भन्दा बढी भए,’ प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले भने ।
यसअघि निर्वाचन समितिले १४ मंसिरसम्म सदस्यता बनेकाले मात्र आगामी निर्वाचनमा सहभागी हुन पाउने बताएको थियो । सोही दिन अपरान्हसम्म सदस्य बन्ने भिड थियो ।
अघिल्ला निर्वाचन जस्तै यसपटक पनि संघमा नेपाली कांग्रेस निकट चिकित्सकहरुको समूह प्रजातान्त्रिक र नेकपा निकट चिकित्सकहरुको समूह प्रगतिशीलबीच नै प्रतिस्पर्धा हुनेछ । यसपटक प्रजातान्त्रिक समूहबाट डा लोचन कार्की र प्रगतिशील समूहबाट डा पुष्पमणी खरालले अध्यक्षमा उम्मेद्धारी घोषणा गरिसकेका छन् ।
सम्पर्क इमेल : [email protected]
जसले नर्सिङ होम्, मेडिकल कलेज चलाएका छन र ति बाट परिचलित छन तिनिहरु लाई भोट दिनु महा भुल हुनेछ । तिनी हरुले मुख ले जे भने पनि ब्यबहार मा डाक्टर हरुको शोषण नै गर्नेछन चेतना भया ।कस कस्ले चलाएका छन राम्ररी बुझ्नुहोस । धन्यबाद