एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष १३ सयको मृत्यु

न्होमपेन, १५ मंसिर । एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए ।

विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ८८० जना नयाँ एचआईभी संक्रमित थपिएको बताए ।

नयाँ थपिने विरामीको संख्या पनि अहिले ६२ प्रतिशतभन्दा कम भएको तथ्याङ्कले देखाएको छ ।

“एचआईभी एड्स नियन्त्रणका लागि पछिल्लो दशक हामी निरन्तर सुधार गरिरहेका छौँ,” उनले भने ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा ७३ हजार मानिस एचआईभी एड्ससहित बाँचेका छन् ।

कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका आवासीय दूत पौलिन तामेसिसले एचआईभी नियन्त्रणको प्रयासबाट सकारात्मक नतिजा आएपनि पूर्ण सन्तुष्ट हुने अवस्था भने नरहेको बताए । ९राससरसिन्ह्वा० ः

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *