प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् । पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन केही बेर अघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाहले भनिन्, ‘अहिलेको यो केश (एपेन्डिसाईटिस) का लागि उहाँ खतरामुक्त हुनुहुन्छ । भविस्यको कुरा त भन्न सकिन्न ।’

मिर्गौलाको हेमोडायालसिस गराईरहेका प्रधानमन्त्रीमा प्रत्यारोपण गरिने चर्चा चलेको थियो । एपेन्डिसाइटिसको शल्यक्रियाले प्रत्यारोपणको तालिका पर सरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने डा शाहले अझै पनि पर्ख र हेरको अवस्थामा रहेको बताइन ।

‘कहिलेकाँही मिर्गौला रिकभरी पनि हुनसक्छ । अहिले नियमित डायलासिस गरेको पनि होइन । त्यसैले हामीले प्रत्यारोपणको टुंगोमा पुगिसकेका छैनौँ । उनले अगाडी थपिन तर कुनै पनि व्यक्तिलाई प्रत्यारोपण गर्दा उनको शारीरिक र मानसिक सबै हेर्छौँ । जस्तै बिरामीको पित्तथैलीमा ढुंगा छ भने पहिले त्यसलाई अप्रेसन गरी निकाल्छौँ अनि प्रत्यारोपण गछौैँ । कार्डियाक प्रबलम छ भने पहिले हामीले एन्जीयोप्लास्टी गर्छौैँ अनि प्रत्यारोपण । ताकी प्रत्यारोपण पछि विरामीको स्वास्थ्य एकदमै स्टेवल होस । अहिले पनि त्यस्तै अप्रेसन भएको छ । यसले कुनै फरक पर्दैन । ‘

पत्रकार सम्मेलनमा उपचार संयोजक डा अरुण सायमी, डा रमेशसिंह भण्डारी, डा सुवास आचार्य र प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापा पनि उपस्थित थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *