स्वास्थ्यको पदस्थापनमा ‘भएको गडबडी’ छानविन हुने, चिठी डिस्प्याच रोकियो

काठमाडौँ, ११ मंसिर । स्वास्थ्य मन्त्रालयले पदस्थापनमा भएको गडबडी छानविन गर्ने भएको छ । मन्त्रालयले केही दिनका लागि पदस्थापनको चिठी ‘डिस्प्याच’ गर्न समेत रोकेको छ ।

समायोजन पछिको पदस्थापनमा गडबडी भएको भन्दै नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको टोलीले मन्त्रालयमा पुगेर सहसचिव शिवराम न्यौपानेसंग छलफल गरेको थियो । टोलीले समायोजनमा स्थानीय तहमा पुगेकाहरुलाई संघमा ल्याइएको, सघंमा भएकाहरुलाई प्रदेशमा पठाइएको, स्थानीय तहमा पठाइएको भन्दै उजुरी सहित सहसचिवसंग छलफलमा बसेका थिए ।

‘हामीले २० वटा भन्दा बढी केश प्रस्तुत गरयौँ त्यसपछि वहाँहरु (सहसचिवको टीम) छानविन गर्ने र चिठी पठाउने क्रम रोक्ने आश्वासन दिनु भएको छ । हेरौँ के हुन्छ,’ टोलीका एक सदस्यले भने ।

संघका उपाध्यक्ष रामबहादुर चन्दको अगुवाईमा गएको टोलीले सोही गुनासो लिएर अहिले सचिव खगराज बरालसंग भेट गर्दैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “स्वास्थ्यको पदस्थापनमा ‘भएको गडबडी’ छानविन हुने, चिठी डिस्प्याच रोकियो

  1. स्थानीय तहमा पनि मनोमानी तरिकाले आफ्नो नातेदार लाई सुगम र अरुलाइ दुर्गम घर पायेक नपर्ने ठाँउ मा र जेष्ठ ताको आधारमा समायोजन गरिएको छैन सरोकार पक्ष को सिस्ने गाउँ पालिका रुकुम पुर्बमा पनि ध्यान जाओस्

Leave a Reply to dhan bahadur pun Cancel reply

Your email address will not be published. Required fields are marked *