अतिरिक्त शुल्क फिर्ता गर्न निजी मेडिकल कलेज तयार

काठमाडौँ, १० मंसिर ।  निजी मेडिकल कलेजहरु अतिरिक्त शुल्क समायोजन गर्न सहमत भएका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकहरुले दुई बुँदे सहमति गर्दै शुल्क समायोजन गर्न सहमति जनाएका हुन् ।

सहमति अनुसार शैक्षिक सत्र २०७४ /७५ र ०७५/ ७६ मा सरकारले तोकेको शुल्क भन्दा बढी लिएका मेडिकल तथा डेन्टल कलेजहरुले ११ मंसिर ( भोलि ) देखि नै शुल्क फिर्ता वा समायोजन कार्यको थालनी गर्ने सहमति भएको छ । यस्तै  त्यो भन्दा अघिका दुई बर्षको शुल्कको विषयमा विश्वविद्यालयसंग समन्वय गरी अध्ययन, छानवीन र छलफल गरी निर्णय गर्न चिकित्सा शिक्षा आयोगलाई अनुरोध गर्ने निर्णय भएको छ । यसैगरी  चालु शैक्षिक सत्रमा सरकारले तोके बमोजिम शुल्क लिने र आगामी शैक्षिक सत्रमा बैज्ञानिक ढंगबाट शुल्क निर्धारण गर्न आयोगले कार्य थालनी गर्ने भएको छ ।

बेलुका साढे ७ बजेबाट शिक्षा मन्त्रालयमा शुरु भएको बैठक राती साढे ११ बजे अर्थात ४ घण्टा पछि सकिएको हो ।
बैठक पछि छलफलमा सहभागि दुबै पक्षले सामुहिक तस्विर समेत खिचाएका छन् ।

यस्तो छ सहमति

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *