शुल्क विवाद : शिक्षा मन्त्री र निजी मेडिकल कलेज सञ्चालकबीच बैठक बस्दै

260
Shares

काठमाडौँ, १० मंसिर । शुल्क समायोजनको विषयमा छलफल गर्न सरकार र निजी मेडिकल सञ्चालकबीच पुन बैठक बस्न लागेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, विश्व विद्यालयका उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सहित निजी मेडिकल कलेजका सञ्चालकहरु शिक्षा मन्त्रालयमा बैठक बस्न लागेका हुन् ।

त्यसका लागि मेडिकल कलेजका सञ्चालकहरु मन्त्रालयमा पुगिसकेका छन् ।

‘कुरो अलिक मिलेको छैन । त्यसैले बैठकमा आएका छौँ । बाँकी कुरा पछि भनौला,’ निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्थाका अध्यक्ष बसुरुद्धिन अन्सारीले भने ।

यसअघि निजी मेडिकल कलेज उपलव्ध गराएको प्रतिवद्धता पत्र प्रति सरकार सन्तुष्ठ देखिएको थिएन । शिक्षा मन्त्री पोखरेलले क्लियर कुरा नआएको भन्दै पुन स्पष्ट भएर आउन भनेका थिए ।

उता गृहमन्त्रालयले शुल्क समायोजनको विवाद सुल्झाउन मेडिकल कलेजहरुलाई दिएको २४ घण्टे म्याद आज सकिदै छ । त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गर्न केही वेर अघि गृहमन्त्रालयमा बैठक समेत बसेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *