प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, शल्यक्रिया गर्ने तयारी

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ ।

त्यहाँ उनको एपेन्डीसाइटिसको शल्यक्रिया गर्ने तयारी भएको स्वास्थ्य सल्लाहकार प्राडा अरुण सायमीले बताए ।

‘अहिले हामीले उहाँलाई भर्ना गरेका छौँ र शल्यक्रिया गर्ने तयारी गरेका छौँ,’ प्राडा सायमीले भने ।

विहान एक्कासी पेट दुख्न थालेपछि निजी चिकित्सकहरुको टोलीले साढे ९ बजे तिर मनमोहन सेन्टरमा पुर्याएका थिए । त्यहाँ परीक्षण हुँदा उनको एपेन्डिसाइटीस भएको देखिएको थियो ।

प्रधानमन्त्री ओलीमा पछिल्लो समय मिर्गौलामा समस्या देखा परेको छ । एक महिना यता उनको ४ पटक हेमो डायलासिस भईसकेको छ । पछिल्लो पटक गत आइतबार मात्रै उनले ग्राण्डी अस्पतालमा पुगी हेमोडायालासिस गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *