निजी कलेज सञ्चालकहरुको आन्तरिक बैठकमा भएन सहमति

1.4k
Shares

काठमाडौँ, ९ मंसिर । अतिरिक्त शुल्क समायोजन गर्ने बारेमा मंगलबार १२ बजेसम्म खाका दिन्छौँ भनेर शिक्षा मन्त्रालयबाट निस्किएका निजी मेडिकल कलेज सञ्चालकहरुको आजै अपरान्ह सानेपामा बैठक बसेको थियो ।

तर सो बैठकले ठोस निस्कर्ष निकाल्न सकेन । बैठकमा सहभागी एक सदस्यका अनुसार भोलि विहान ८ बजे पुन बस्ने गरी आजको बैठक टुंगिएको छ ।

के भयो त बैठकमा ?
सहभागी सदस्यका अनुसार बैठकमा एउटा समूहले सरकारले भने बमोजिम दुई बर्षको शुल्क समायोजन गरि समस्या समाधान गरौँ भन्ने मत राखेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समेत दुई बर्षको शुल्क समायोजन गर्न सकिने गरी निर्णय गरेको र त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासंगको छलफलमा समेत सो विषयमा उठेको भन्दै एक थरीले मत प्रकट गरेका थिए ।

तर अर्को समूहले सरकारले धम्काउँदैमा त्यसरी लत्रिनु नहुने भन्दै बरु गिरफ्तार दिन तयार हुनुपर्ने मत राखेको छ । अघिल्ला बर्षका पैसाको सबै हिसाव भयो खर्च भयो, अडिट भयो, कर तिरिसकेको अवस्था छ । अब फेरी कहाँबाट पैसा ल्याएर तिर्ने ? त्यसैले बरु गिरफ्तार दिने शुल्क फिर्ता नगर्ने भन्ने मत राखेको छ ।

‘एउटा समूह सरकारी निर्णय विरुद्ध कडा रुपमा प्रस्तुत हुने भनेको छ अर्को समूहले लफडालाई बल्झाएर मात्रै हुँदैन सल्टाएर अघि बढ्नुपर्छ भन्ने छ । यसको अन्तिम टुंगो आज लाग्न सकेन । भोलि विहान ८ बजे पुन बैठक बोलाइएको छ,’ ती सदस्यले भने ।

यता गृह मन्त्रालयले २४ घण्टा भित्र अतिरिक्त शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । शिक्षा मन्त्रालयमा भएको बैठकमा भने मेडिकल कलेज सञ्चालकहरुले समायोजन गर्ने विषयमा सकारात्मक भएको भन्दै मंगलबार १२ बजेसम्म खाका प्रस्तुत गर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “निजी कलेज सञ्चालकहरुको आन्तरिक बैठकमा भएन सहमति

  1. samayojan hudaina, barsavariko chakrawarti byaj sahit firta hunuparxa kinki teha uniharule cheque bat bhuktani nalier cash liyeko r rasid varpai nadieko, dinako lagi software bigreko vaneka xan tesaile ajha double tirnu parne ho sattama kahabat tirne vanne ta prasna audaina.

Leave a Reply to Surya Cancel reply

Your email address will not be published. Required fields are marked *