सबै स्थानीय तहमा क्षयरोग सम्पर्क व्यक्ति तोक्न सामान्यको परिपत्र
काठमाडौँ, ९ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह तथा अन्तरगर्तका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये एक जनालाई क्षयरोग सम्पर्क व्यक्तिको जिम्मेवारी दिने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
स्वास्थ्य मन्त्रालयले गत शुक्रबार सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीमध्ये एक जनालाई क्षयरोग सम्पर्क व्यक्तिको जिम्मेवारी दिने नीतिगत व्यवस्था हुन स्थानीय तहलाई परिपत्र गर्न आग्रह गरेको थियो । सोही अनुसार सामान्यले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।
नयाँ संरचनामा कर्मचारी समायोजन हुँदा यसअघि जिल्लामा रहेका क्षयकुष्ठ सम्पर्क व्यक्तिको दरबन्दी समेत हटेको थियो । यसले सन् २०३५सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने राष्टिय लक्ष्य प्राप्त गर्न समस्या हुने भन्दै स्वास्थ्यले स्थानीय तहबाट सञ्चालन हुने क्षयरोग नियन्त्रण सम्वन्धी गतिविधिको योजना, अनुगमन र मूल्यांकन तथा क्षयरोग निदान तथा उपचार सेवालाई व्यवस्थित गर्न एक जना सम्पर्क व्यक्ति तोक्न भनेको थियो ।
यस्तो छ सामान्यले सबै स्थानीय निकायलाई पठाएको पत्र
यस्तो छ स्वास्थ्यले सामान्यलाई पठाएको पत्र
सम्पर्क इमेल : [email protected]