‘गैरकानुनी’ शुल्क फिर्ता गर्नु पर्ने भन्दै चितवनमा मेडिकल विद्यार्थीको प्रदर्शन

चितवन, ८ मंसिर । मेडिकल कलेजले उठाएको गैरकानूनी शुल्क फिर्ता गर्नु पर्ने माग राख्दै आज विद्यार्थी तथा तिनका अभिभावकले बृहत प्रदर्शन गरेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थींको अगुवाईमा चौविसकोटीबाट शुरु भएको प्रदर्शन बजार परिक्रमा गरि सोही ठाँउमा आएर कोणसभामा परिणत भएको थियो ।

सभालाई मेडिकल विद्यार्थी नेताहरुले सम्वोधन गरेका थिए ।

मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु केही दिन देखि प्रदर्शनमा छन् । सरकारले भने मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको समय सीमा दिएको छ । सो अवधी भोलि सकिदैछ ।

 

वीरगञ्जका विद्यार्थीद्धारा बसुरुद्धिनलाई पक्राउ गर्न माग
उता वीरगञ्जमा आन्दोलतरत विद्यार्थीहरुले नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गरेका छन् । आफूहरुमाथि सिनियरका नाममा गुण्डा प्रयोग गरी आक्रमण गराएको भन्दै विद्यार्थीहरुले पक्राउ गर्न माग गरेका हुन् ।

मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनमा ऐकेवद्धता जनाउन पुगेका नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सचिव सुरेश पराजुलीले आन्दोलनरत विद्यार्थीमाथि आक्रमण गराउने अन्सारीलाई हो भन्दै नियन्त्रण लिन प्रहरीको ध्यानाकर्षण गराए । उनले मेडिकल माफिया विरुद्धको आन्दोलनमा आफूहरुको साथ समर्थन रहेको प्रष्ट पारे ।

चिकित्सा शिक्षा संघर्ष समितिका एक जना संयोजक डा मिलन गैरेले अतिरिक्त शुल्क लिएर विद्यार्थी ठग्ने गिरोहले मेडिकल कलेज चलाउनु लाज भएको भन्दै यसमा बिचार गर्न सरकारको ध्यानाकर्षण गराए ।

त्यसअघि विद्यार्थीहरुले नगरपरिक्रम गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *