एक महिना भित्र ढाड दुखेका कारण नियमित काम गर्न नसकेका नेपाली १९ प्रतिशत

काठमाडौँ, ३ मंसिर । ढाड दुख्ने समस्याका कारण स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव विगत चार दिन देखि वीर अस्प्तालमा उपचाररत छन् । चिकित्सकले उनलाई कुर्सीमा बस्दै नबस्न, कि हिड्न वा कि सुतेर आराम गर्न सुझाव दिएका छन् । त्यसैले उनी वीर अस्पतालको भिआईपी क्याविनमा पूर्ण रुपमा आराम गरेर बसिरहेका छन् । 

तर, यो समस्या डाक्टर समेत रहेका स्वास्थ्य राज्यमन्त्रीको मात्रै होइन पछिल्लो एक महिनामा मात्रै झण्डै ५० लाख नेपालीलाई ढाड दुखाईको समस्याले घरायसी काम गर्न समस्या परेको एक सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयको सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गत फेब्रअरी देखि मे महिनासम्म गरेको नसर्ने रोग सम्वन्धि जोखिम तत्वको सर्भेक्षण (स्टेप्स सर्वेक्षण)ले यस्तो देखाएको हो ।

१५ देखि ६९ बर्ष उमेर समूहका ५ हजार ५९३ जना बयस्कहरु समावेश भएको उक्त सर्वेक्षणले विगत ३० दिनमा ढाड दुखाईको कारणले घरायसी काम गर्न वा काममा जान भएको समस्या पर्नेको प्रतिशत १८.९ अर्थात (१९ प्रतिशत) देखाएको छ ।

सर्वेक्षणले पुरुषको तुलनामा महिलामा सो समस्या बढी भएको देखाएको छ । ढाड दुख्ने कुल समस्या भएकामध्ये २२.८ अर्थात २३ प्रतिशत महिला छन् भने पुरुषको प्रतिशत १४.५ अर्थात करीब १५ प्रतिशत रहेको छ ।

कुन प्रदेशमा कति ?
सर्वेक्षणले विगत ३० दिनमा ढाडमा दुखाई भएको कारणले गर्दा घरायसी काम गर्न अथवा काममा जान समस्या पर्नेको प्रतिशत प्रदेश नं १ मा १५.३ मात्रै देखाएको छ ।

प्रदेश नं २ मा १६.३ प्रतिशत, प्रदेश नं ३ मा १७.४ प्रतिशत, गण्डकी प्रदेशमा १८.६ प्रतिशत, प्रदेश नं ५ मा २०.२ प्रतिशत, कर्णाली प्रदेशमा २३.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २६.७ प्रतिशत देखिएको छ ।

यो तथ्यले नेपालको पूर्वी भेगका बासिन्दामा ढाड दुख्ने समस्या कम र पश्चित तर्फका बासिन्दामा बढी भएको देखाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *