प्रजातान्त्रिक समूहबाट ब. उपाध्यक्ष डा. शिवकुमार श्रेष्ठ महासचिवमा डा. बद्री रिजाल

काठमाडौँ, २ मंसिर । आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि नेपाली कांग्रेस निकट चिकित्सकहरुको समूह प्रजातान्त्रिक चिकित्सक संघले महासचिव पदमा डा. बद्री रिजाललाई उठाउने भएको छ । सो समूहले अध्यक्षमा भने यसअघि नै डा. लोचन कार्कीलाई उठाउने निर्णय गरेको थियो ।

‘हिजो बसेको बैठकले पदाधिकारी पदका लागि उम्मेद्धार छनौट गर्ने सैद्धान्तिक सहमति जुटाएको हो,’ चिकित्सक संघका अध्यक्ष रहेका डा मुक्तिराम श्रेष्ठले भने ।

बैठकले वरिष्ठ उपाध्यक्षमा डा. शिबकुमार श्रेष्ठ, उपाध्यक्षमा डा.अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, सहसचिवमा डा. प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा. शिवजी पौडेल र सहकोषाध्यक्षमा डा. विश्वराज दवाडीलाई उठाउने निर्णय गरेको छ ।

यसअघि महासचिव पदमा लागि पाँच जना आकांक्षी देखिएका थिए । तिनै आंकाक्षीहरुलाई मिलाएर पदाधिकारीको उम्मेद्धार तय गरेको संघले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले सदस्य पदका उम्मेद्धारको टुंगो केही दिनमै लाग्ने बताए । ‘अहिले पदाधिकारीको लागि सममति बनायौँ । अव पालो सदस्यहरुको नै छ । केही दिनमै यसको पनि टुंगो लाग्नेछ,’ उनले भने ।

यता नेकपा निकट प्रगतीशील समूहले भने अध्यक्ष बाहेक अरुको उम्मेद्धारी तय गरेको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *