नर्सिङ लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण
काठमाडौँ, १ मंसिर । काठमाडौँ, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षामा ५२.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा १ हजार ६७१ विद्यार्थी सहभागी थिए । ती मध्ये ८७१ जना (५२.१२ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएको काउन्सिलका रजिष्टार विन्दा घिमिरेले बताइन ।
परीक्षामा ८०० विद्यार्थी अनुर्तीण भएका छन्।
गत असार १५ मा भएको २२ औँ नाम दर्ता परीक्षामा ३५ प्रतिशत मात्रै नर्स उत्तीर्ण भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]