अठ्ठाइस प्रतिशत नेपालीले रक्सी खान्छन् (कुन प्रदेशमा कति ?)

काठमाडौँ, १ मंसिर । नेपालमा कुल जनसख्याको २८ प्रतिशतले रक्सी सेवन गर्ने गरेको हालै गरिएको सर्वेक्षणले देखाएको छ ।

गत फेव्रुअरी देखि मे महिनासम्म गरिएको नेपालमा नसर्ने रोग सम्वन्धी जोखिम तत्वको सर्वेक्षण(स्टेप्स सर्वेक्षण)ले सर्वेक्षणले जीवनमा कहिल्यै पनि रक्सी (मद्यपान) नगर्ने जनसंख्या ७२.२ प्रतिशत रहेको देखाएको छ । सेवन नगर्नेमा पुरुषको तुलनामा महिलाको प्रतिशत निक्कै बढी छ ।

सर्वेक्षणका अनुसार रक्सी सेवन नगर्ने पुरुषको प्रतिशत ५६ छ भने रक्सी सेवन नगर्ने महिलाको प्रतिशत ८६.५ रहेको छ ।

सर्बेक्षणले ४ प्रतिशत जनता पहिले रक्सी सेवन गर्ने गरेपनि पछिल्लो एक बर्षमा सेवन नगरेको उल्लेख गरेको छ । त्यसमा पुरुष ५.३ प्रतिशत र महिला २.७ प्रतिशत रहेको उल्लेख छ ।

सर्वेक्षणले वितेको ३० दिनमा ६.८ प्रतिशत नेपालीले अत्यधिक रक्सी सेवन (छ वा छ भन्दा बढी प्याक) गरेको पाइएको बताएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अगुवाईमा उक्त सर्वेक्षण १५ देखि ६९ बर्ष उमेर समुहका ५ हजार ५९३ जनामा गरिएको हो ।

कुन प्रदेशमा रक्सी सेवनकर्ता कति ?

प्रदेश नं १
प्रदेशन नम्वर १ मा कुल जनसंख्याको ३० प्रतिशतले रक्सी सेवन गर्ने गरेका छन् । किनभने सर्वेक्षणले ६९.६ प्रतिशत जनताले जीवनमा कहिल्यै मद्यपान सेवन नगरेको बताएका छन् ।

प्रदेश नं २


प्रदेश नम्बर २ मा कुल जनसंख्याको १४ प्रतिशतले मात्रै रक्सी सेवन गर्ने गरेका छन् । सर्वेक्षणले सो प्रदेशमा ८६.२ प्रतिशत जनता जीवनमा कहिल्यै मद्यपान गरेका छैनन् भनेको छ ।

प्रदेश नं ३


प्रदेश नं ३ मा रक्सी सेवन गर्नेको प्रतिशत अरु दुई प्रदेशमा भन्दा केही बढी देखिएको छ । यो प्रदेशमा ३६ प्रतिशतले रक्सी सेवन गर्ने गरेको बताइएको छ । किनभने सर्वेक्षणले ६३.७ प्रतिशत जनताले आफूहरु जीवनमा कहिल्यै रक्सी सेवन नगर्ने बताएको उल्लेख गरेको छ ।

गण्डकी प्रदेश


पर्यटकीय क्षेत्र समेत परेका कारण हुनसक्छ गण्डकी प्रदेशमा पनि रक्सी सेवन गर्नेको संख्या धेरै देखिएको छ । यो प्रदेशमा ३३ प्रतिशतले रक्सी सेवन गर्ने गरेको बताएका छन् । ६६.६ प्रतिशतले भने आफूहरुले जीवनमा कहिल्यै रक्सी नखाएको बताएका छन् ।

प्रदेश नं ५


सबैभन्दा बढी चुरोट सेवन कर्ता रहेको प्रदेश नं ५ मा रक्सी सेवन गर्नेको संख्या भने तुलानात्मक रुपमा केही कम छ । पाँच नम्बर प्रदेशमा अहिले रक्सी सेवन गर्नेहरुको जनसंख्या २५.५ प्रतिशत रहेको पाइएको छ । किनभने सर्वेक्षणले ७४.५ प्रतिशत जनताले आफूहरु जीवनमा रक्सीबाट निकै टाढा रहेको बताएको उल्लेख गरेको छ ।

 

कर्णाली प्रदेश


कर्णाली प्रदेशमा रक्सी सेवन गर्नेको जनसंख्या २८ प्रतिशत रहेको पाइएको छ । सर्वेक्षणले ७२.१ प्रतिशत जनसंख्या कहिल्यै पनि रक्सी सेवन नगर्ने रहेको उल्लेख गरेको छ ।

सुदूरपश्चिम प्रदेश
सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी रक्सी सेवनकर्ता भएको प्रदेशमा सुदूरपश्चिम प्रदेश पनि आएको छ । यहाँ पनि प्रदेश नं ३ जस्तै करीब करीब ३६ प्रतिशत जनसंख्याले मद्यपान सेवन गर्ने सर्वेक्षणले देखाएको छ । प्रदेश नं ३ मा कहिल्यै पनि रक्सी सेवन नगर्नेको संख्या ६३.७ छ भने सुदूरपश्चिम प्रदेशमा यो प्रतिशत ६४.४ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *