स्वास्थ्यको समायोजन टुंगिन छ महिना लाग्ने !

काठमाडौँ, २९ कात्तिक । स्वास्थ्य समूहका कर्मचारीको समायोजन सम्पन्न हुन अझै छ महिना लाग्ने बताइएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशै अघि नै समायोजन टुंगिने बताएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक महेन्द्र प्रसाद श्रेष्ठले समायोजन र पदस्थापन सकिन अझै छ महिना लाग्ने बताएका हुन् । ‘समायोजनको कामहरु त भईरहेको छ तर गुनासो आउने क्रम पनि रोकिएको छैन । यी सबै मिलाउनु पर्ने छ । त्यसैले अझै छ महिना लाग्ने जस्तो देखिएको छ,’ उनले भने ।

गत १५ असार देखि शुरु भएको स्वास्थ्यको समायोजनको जिम्मा शुरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएपनि अहिले भने स्वास्थ्यले नै लिएको छ । तर समायोजन निकै गोलमाल भएको कर्मचारीहरुले आरोप लगाउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *