पौडेर पार गर्ने भन्दै नारायणीमा हेलिएका एमबीबीएसका विद्यार्थी अझै भेटिएनन्
चितवन, २१ कात्तिक । चिकित्सक बन्ने तयारीमा रहेका पाँच दिन देखि नारायणी नदिमा बेपत्ता भएका छनु । भरतपुरको चितवन मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २५ वर्षीय सुवर्ण केसी गत शनिबार देखि नारायणी नदिमा हराएका हुन् ।
पौडेर नारायणी नदि पार गर्ने भनेर हेलिएका उनी नदिमा डुवेको प्रहरीले बताएको छ । हराए लगत्तै उनको खोजी सुरु भएको थियो । तर उनी अहिलेसम्म भेटिएका छैनन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार केसी शनिबार पौने चार बजे नवलपुरको गैंडाकोट तर्फबाट नारायणीमा पौडी खेल्दै उनी नारायणगढ तर्फ आउँदै थिए । तर नदी पार गर्न सकेनन् ।
उनी डुबेको जानकारी प्रहरीलाई साढे सात बजे प्राप्त भएको थियो । त्यसपछि प्रहरी खोजीमा जुटेको थियो । ‘तर अहिलेसम्म भेटिएको छैन्’ वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रबिनबाबु रेग्मीले भने ।
प्रहरीले साथीसंग सोधपुछका क्रममा क्रममा केसीले पौडी खेलेरै नदी पार गर्ने रहर राख्ने गरेको पत्ता लगाएको छ ।
केसी काठमाडौँका बासिन्दा हुन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com