स्वास्थ्यमा समायोजन : अनमी र मेडिकल अधिकृत बाहेकको भयो पदस्थापन

काठमाडौँ, १९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा परेका अनमी र मेडिकल अधिकृत बाहेक सबैको पदस्थापन भएको जनाएको छ । यसअघि डेंगीको प्रकोप र बर्खाको बेलामा अन्य रोगको महामारी देखिन सक्ने भन्दै समायोजन भएपनि पदस्थापन गरिएको थिएन ।

स्वास्थ्य सचिव खगराज बरालले संघमा पदस्थापन भएका अनमी र मेडिकल अधिकृतहरु बाहेकको पदस्थापन पत्र पठाइएको बताए । उनले केही अनमीको समस्या अझै नसुल्झिएको र कतिपय ठाँउमा मेडिकल अधिकृतको पदस्थापन गर्दा अस्पताल नै रित्तो हुने अवस्था देखिएकोले त्यसलाई मिलाउन केही ढिला भएको जानकारी दिए ।

तिहार अघिसम्म धमाधम समायोजन विवरण सार्वजनिक गरेको स्वास्थ्य मन्त्रालयले अव पदस्थापन कामलाई तिव्रता दिने सचिव बरालले बताए ।

गत असार देखि सुरु भएको स्वास्थ्यकर्मी समायोजनको लफडा पूर्ण रुपमा अझै सकिएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्यमा समायोजन : अनमी र मेडिकल अधिकृत बाहेकको भयो पदस्थापन

  1. Lab assistant को समायोजन किन रोकियो??? यस्को उत्तर पाय आभारी हुन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *