त्रिवि आईओएमद्धारा बुधबार देखि शुरु हुन लागेको परीक्षा स्थगित

काठमाडौँ, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान ( आईओएम)ले आगामी बुधबारबाट शुरु गर्न लागेको स्नातक तहको परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । परीक्षा शुरु हुनु दुई दिन अघि सूचना जारी गर्दै आइओएमले विशेष कारणवस परीक्षा स्थगित भएको जनाएको हो ।

डीनको कार्यालयद्धारा आज जारी सूचनामा संसोधित परीक्षा तालिका यथासिघ्र प्रकाशन गर्ने भनिएको छ ।

शुल्कको विषयमा विद्यार्थी र मेडिकल कलेज सञ्चालकबीच लफडा बढ्दै जाँदा परीक्षा स्थगित भएको हो । सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज तथा युनिभर्सल मेडिकल कलेजमा आन्दोलन चर्काएका थिए ।

पछिल्लो समय कलेजमा विद्यार्थीहरुले परीक्षा फारम नभरेको, कतिपय कलेजमा परीक्षा दिने बाताबरण कलेज सञ्चालकहरुबाट नै नभएको भन्दै आन्दोलनतर विद्यार्थीहरुले परीक्षा सार्न माग गरेका थिए । सोही मागमा विषयमा आईतवार विद्यार्थी र आइओएमका पदाधिकारीबीच छलफल भई परीक्षा स्थगित गर्ने गरी सहमति भएको थियो । सोही सहमति अनुसार परीक्षा स्थगित भएको हो ।

छलफलमा सहभागी महाराजगञ्ज क्याम्पसका स्ववियू सभापति डा मिलन गैरेले स्नातक तह प्रथम बर्षको परीक्षा कम्तीमा एक महिना र दोस्रो बर्षको परीक्षा कम्तीमा १५ दिन सार्ने सहमति भएको बताए । आइओएमले सोही अनुसार नयाँ परीक्षा तालिका ल्याउन सक्ने विद्यार्थीको अनुमान छ ।

यस्तो छ सूचना

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *