त्रिविको उपकुलपतिमा प्राडा धर्मकान्त बास्कोटा नियुक्त

988
Shares

काठमाडौँ, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका केपी ओलीले आइतबार उपकुलपति नियुक्त गरेका हुन्।

त्रिवि गत भदौ पहिलो सातादेखि उपकुलपति रिक्त थियो।

उपकुलपति सिफारिस गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठन गरिएको गठन गरिएको सर्च कमिटीले प्राडा बाँस्कोटासहित तीन जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो।

यसअघि आज विहान मात्रै प्राडा बास्कोटालाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाई उपकुलपतिको जिम्मेवारी लिन तयार रहन निर्देशन दिएका थिए ।

उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *